rape in hostel१७ वैशाख,एजेन्सी। मिडियामा व्यापक विरोध र विभिन्न् संघसस्थाको पहलकदमी र भारत सरकारको बलात्कार विरोधी विशेष कानुनको बाबजुत भारतमा बलात्कारको घट्ना पटक्कै थामिएको छैन् । भारतको फिल्मनगरी मुम्बईमा अर्को एउटा दर्दनाम बलात्कारको घट्ना घटेको छ।
केही समय यता मुम्बइको थाने घर भएका एक १९ वर्षिय युवकले वर्षदिन यता आफ्नै बहिनीलाई निरन्तर बलात्कार गर्दै आएका थिए। उनले घरमा आमा-बुबा नभएको समयमा १४ वर्षिय बहिनीलाई बलात्कार गर्ने गरेका थिए। 
कसैलाई भने मारिदिने भनेर धम्क्याएका उनको पोल बहिनी गर्भवति भएछि खुलेको थियो। अचानक पेट दुखेपछि पिडित किशोरी अस्पताल गएकी थिइन्।
अस्पतालमा चिकित्सकले उनलाइ गर्भवती भएको बताएपछि उनका बलात्कारी दाजुको पोल खुलेको हो।
हाल यी बलात्कारी युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ।

prachanda landed at kathmanduafter wrapping india visit१७ वैशाख,काठमाडौ।भारतको चर्चित भ्रमण सकेर एमाओवादी अध्यक्ष प्रचण्ड काठमाडौं ओर्लिएका छन्।पहिले तोकीएको समय भन्दा केही ढिलो गरेर प्रचण्डले काठमाडौ टेकेका हुन ।
त्रिभुवन विमानास्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले  आगामी मंसीरमै निर्वाचन सम्पन्न ठोस भन्ने भातीय चाहाना रहेको बताएका छन । निर्वाचनले मात्र नेपाललाइ शान्ति र स्थाइत्वको वाटोमा लैजाने भारतीय सुझाव रहेको उनले बताए ।
चारदिने भ्रमण सकि मंगलवार साझ काठमाडौ उत्रिएका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले मंसीरमै निर्वाचन गर्नुपर्ने सुझाव दिएको बताएका हुन ।
निर्वाचनले मात्र नेपाललाइ निकाश दिने उल्लेखगर्दै निर्वाचन सम्मन गर्नकालागि जस्तो सुकै सहयोय गर्न भारत तयार रहेको प्रचण्डले बताए ।
चीनले समेत जातीय आधारमा संघीयतामा नजान सुझाव दिएको अबस्थामा भारतीय धारणा बदलिएको बुझिएको छ ।
भारतले जातीय आधार नभइ भाषाको आधारमा संघीयतामा जान सुझाव दिएको प्रचण्डले जानकारी गराए । यद्यपी अध्यक्ष प्रचण्डले पहिचान सहितको संघीयताप्रति आफूहरु प्रतिबद्ध नै रहेको बताए ।
त्रिदेशिय साझेदारीको सम्बन्धमा भने पहिले दुइदेशिय सम्बन्ध विस्तारपछि कुरा गर्नुपर्ने बताएको  प्रचण्डले बताए । यसअघि चीनवाट फर्कीने क्रममा दाहालले भारत भ्रमणमा सो कुरा उठाउने बताएका थिए। । भ्रमणको अन्तिम दिन उनले  भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसंग महत्वपूर्ण भेटवार्ता गरेका थिए ।
समयाभावका कारण सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीले प्रचण्डसंग भेटगर्न अस्वीकार गरेको बुझिएको छ । प्रचण्डले आफ्नो भ्रमण मुलुकको प्रतिनिधित्व गर्दै भएको दावी गरेपनि अन्य दलले दाहालको भ्रमण नितान्त व्यक्तीगत भएको टिप्पणी गरेकाछन ।
आफ्नो भ्रमण पूर्ण सफल भएको र भ्रमणले दुइ देशको सम्बन्धलाइ उचाइमा पुर्याएको प्रचण्डले दावी गरे । प्रचण्डको स्वायतका लागि उपाध्यक्ष डा बाबुराम भट्टराइ र महासचिव पोस्टबहादुर बोगटी लगायत नेता विमानस्थल पुगेका थिए ।

गिरिश पौडेल
prakash dahal new photo१७ वैशाख,काठमाडौ। अन्ततः आफ्नो बहुप्रतिक्षित र बहुप्रचारित भारत भ्रमण सकेर एमाओवादी अध्यक्ष प्रचण्ड काठमाडौ आइपुगे। हवाइमार्गबाट काठमाडौ ओर्लदा-नओर्लदै प्रचण्डको भारत भ्रमणको समिक्षा शुरु भइसकेको छ। कांग्रेस-एमालेसँग सम्वन्धित सञ्चारमाध्यमले प्रचण्डको भ्रमणले लछारपाटो लगाउन नसकेको टिप्पणी गर्नेछन् भने एमाओवादी सम्वद्ध मिडियाहरुले प्रचन्ड भ्रमणको बढाइ चढाई गर्ने निश्चित छ।
ठुला भनेका र चलेका मिडियामा काम गर्ने पत्रकारहरु पनि अघोषित रुपमा एक-एक वटा लाइनका भएको कसलाई थाहा छैन र ? त्यसैले नेपालका कथित मुलधारका मिडियाबाट पनि प्रचण्डको भारत भ्रमणबाट सहित विश्लेषणको अपेक्षा गर्नु बेइमानी सिवाय केही होइन्। त्यसैले प्रचण्ड भ्रमणको समिक्षाको सहित वास्विकता नेपाली हेडलाइन्सले अवश्य प्रस्ततु गर्ने छ।
यहाँ प्रसंग फरक छ। केही दिन यता केही सप्रेका र बुबाको राजनितिमा सघाउन कम्मर कसेका प्रचण्ड पुत्र प्रकाश दाहाल नै प्रचण्डबाट असन्तुष्ट बनेको खबर प्राप्त भएको छ। 
बिनासँग सल्किएपछि दिल्लीमा बरालदिँदा, भौतारिँदा शान्ती प्रक्रियामा आएयताका पिता प्रचण्डका राजनैतिक बोलीचाली बिर्सिएका झै भएका प्रकाशलाई प्रचण्डले -'बाबु अब त सुध्रि, सहि कुरा गर, हावा कुरा नगर, देश हितमा लाग' भनेका रहेछन्।
जति उट्पट्याङं गरेपनि प्रकाश परे सिधा कुरा बुझ्ने र त्यही अनुसार कुरा गर्ने आज्ञाकारी छोरो । उनले डेढ अक्कल लाए र पिताले जनयुद्ध कालमा र भारत विरुद्ध सुरुङ खन्ने कालमा दिएका सुत्रको प्रयोग गर्दै फेसबकमा फ्याट्ट लेखिदिए-सिमाका विषयमा अध्यक्ष क प्रचण्डसंग कुरा भएको छ वहाँले सिमाको विषयमा जोडदार मांग उठाउने हुनु भएको छ, आउनुस् सिमालगायत आवत विषयमा वहाँका भ्रमण सफल बनाउँ । '
पिता प्रचण्डबाट सज्जन बन्ने दिक्षा पाएका प्रकाश यतिमा पनि रोकिएनन, उनले भारत विरुद्धमा अर्को जोडदार स्टाटस फेसबुकमा पड्काए-'चीनले भारतको लद्दाखमा L0C नजिक चिनियां सेना आउदै आफ्नो सिमा मिच्यो भनेर दुनिया भर सन्सनी मच्चिएको छ, तर दिनंहू रातारात डकैतीको शैलिमा सिमा पिल्लर सारि नेपाली भूभाग लुट्ता उल्टै पेल्ने खोज्ने भारतीय शासकको बुद्दी फिर्न जरुरी छ । हामी भारतका गुलाम हाईनौ ए भारतीय शासक ! सम्बन्धित निकायले बुझुन् तथा क प्रचण्डले आफ्नो भ्रमण यस विषयमा जोडदार आवाज उठाउनपनि विशेष अनुरोध गर्दछु । यो पुरै नेपालीको माग हो ।"
तर प्रचण्डले फेसबुक हेरेनन् र छोरा प्रकाशलाइ भन्नै पर्ने एउटा कुरा भनेनन्- सज्जन त बन् बाबु त केही कुरा पुरानै भएपनि ठिक हुन्छ। प्रकाश मोरा सोझा सोचेनन् दायाँ बायाँ ।
प्रचण्ड भारत गए,नेताहरुलाई भेटे, प्रधानमन्त्री सम्म भेटे तर कहिं कतै उनले सिमा विवाद, भारतले सिमा मिचेको कुरा उठाएनन्। 
छोरा प्रकाशले अपेक्षा गरेअनुसारको भाषामा त कल्पना बाहिरको कुरा भयो।
त्यसपछि प्रकाश पिता प्रचण्डसंग 'बेखुसी' रहेको बताइन्छ। आफुले फेसबुकमा उठाएका 'नाथे' कुरा भारतिय सरकारसंग उठाउन नसकेकोमा प्रकाश पितासंग निराश बनेका छन्।
There was an error in this gadget

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS